रामधुनी नगरपालिकाको आधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

कोशी अंचल सुनसरी जिल्लामा पर्ने प्रस्तावित रामधुनी भासि नगरपालिका सुनसरी जिल्लाको मध्य भागमा पर्दछ । पुर्वमा पकली र एकम्वा, पश्चिममा प्रकाशपुर र महेन्द्रनगर, उतरमा वक्लोरी र भरौल तथा दक्षिणमा डुम्राहा मधेशा र भोक्रहा गा.वि.स.हरु पर्दछन् । यसको भौगोलिक विस्तार २६.२७डिग्रि देखि  २६.२८ डिग्री उतरी अक्षांस र ८७.३३ डिग्री देखि  ८७.३४ डिग्रीपुर्वी देशान्तर सम्म फैलिएको छ भने समुन्द्र सतह देखि १८२ देखि १८५ मिटर उचाइमा रहेको छ । जिल्ला भित्रका पकली बक्लौरी मधेशा एकम्वा डुम्राहा भरौल मधुवन महेन्द्रनगर गा.वि.स. र जिल्ला बाहिरका भौजपुरको दक्षिणी भेग, उदयपुरको पुर्वी भेग, सप्तरीको उतरी भेग धनकुटाको पश्चिमी भेगको बजार क्षेत्र -Trade Center) को रुपमा साबिकको साविकको झुम्का बजार विकास भएर अएको छ । रामधुनी प्रस्तावित रामधुनी भासि नगरपालिका अन्तर्गत पर्ने जङ्गलको मध्यक्षेत्रमा रहेको प्रख्यात धार्मिक स्थल हो। यहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्नेगर्दछ। सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब ७ किलोमिटर उत्तरमा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थल रहेको छ।

किम्बदन्ती अनुसार त्रेतायुगमा रामचन्द्र वनबास आउने क्रममा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने पौराणिक भनाइ रहँदै आएको छ। रामचन्द्रको पाउ स्पर्स भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगीले रामचन्द्रले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको विगुत(खरानी) प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु भएको थियो। रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ। यसदेखि बाहेक रामचन्द्रले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनीवाली बसेको जनश्रुति पनि छ। रामधुनी सुनसरी जिल्लाको साविक सिंगीया गा.वि.स. वडा नं. २ मा पर्दछ । सुनसरीको झुम्का बजारदेखि करिब ७ कि.मी. पश्चिममा पर्ने धुनिवनमा अवस्थित रामधुनिमा भगवान रामले धुनि जगाएको भन्ने धार्मिक विश्वास छ । तर ऐतिहासिक खोजीका आधारमा त्यस स्थानमा सर्वप्रथम वनखण्डी वावाले धुनि जगाएर साधना गरेका थिए । उनको समय करिब ३०००  वर्ष अगाडितिरको मानिएको छ।

रामधुनिमा मुख्य रूपमा धुनिमन्दिर र दरवार मन्दिर छन्। धुनिमन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ। यसैगरी दरवार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ। त्यसभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन्। वनखण्डी वावाले बोकेर हिड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ। धुनिवन सुनसरी खोलाको किनारमा छ , जसको क्षेत्रफल करिव १००० विगाहा छ। एउटा किंवदन्तीमा वनखण्डी वावाले यहाँका सखुवाको बोटमा चिम्टा रोपेर आँपका वृक्ष बनाएका थिए भनिन्छ।

रामधुनी र धरान पिण्डेश्वरको एक आपसमा सम्बन्ध रहेको पाइन्छ। पिण्डेश्वरको अखण्ड ज्योती निभेमा रामधुनिको आगो लगेर बाल्नु पर्दछ भने रामधुनिको निभेमा पिण्डेश्वरबाट ल्याएर त्यहाको मूढा सल्काउनु पर्छ भन्ने मान्यता छ।

पिण्डेश्वरका बाघम्बर र चिताम्बर, रामधुनिका वनसखण्डी तथा चतराका औलियाबाबा समकालिन थिए भनिन्छ। उनीहरूका बारेमा कैयौ प्रकारका चमत्कारी कथाप्रसंगहरू समेत जोडिएका छन रामधुनि धार्मिक पर्यटनमात्र नभएर फिसिङ्ग, जंगलसफारी, नौकाशयर, वर्ड वाचिङ्ग र जलक्रिढा पर्यटनका लागि समेत महत्वपूर्ण छ। कोशीनदी र कोशी टप्पु वन्यजन्तु आरक्ष चतरा र वराहक्षेत्र यस स्थानबाट नजीकै पर्दछन्। रामधुनिलाई एउटा पार्कका रूपमा समेत विकास गर्न सकिने संभावना छ। यस बाट उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन भई स्थानीय मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन समेत सहयोग पुग्ने देखिन्छ।

 “भादगाउ” (हाल वर्डा नं. २ मा पर्ने पुरानो भादगाउ) र सिनुवारी गाउ (हालको वर्डा नं. ६ मा पर्ने गाउ) को विचमा साविकको गाउ पञ्चायतको कार्यलय रहदा दुवै नाउलाई समावेश गरी “भादगाउ सिनुवारी” नामाकरण गरिएको यस गा.वि.स. लाई आधुनिक अवस्थामा “झुम्का” भनेर चिनिन्छ । करिब २०२५-२६ साल तिर महेन्द्र राजमार्गको निर्माणको क्रममा हालको बजार क्षेत्रमा बयरका बुट्यानहरु थिए । त्यस वेला झुम्का बजार क्षेत्रलाई धाति भनिने गरिन्थ्यो । तत्कालिन अवस्थामा मनोरञ्जनको साधनको रुपामा नाटकहरु ल्याइन्थ्यो । र त्यही समयमा हालको बजार क्षेत्रमा ठूली एकादशीमा भारतको लखनऊ बाट ल्याइएका नाटकका नर्तकीले बयरका बुट्यान संग मिल्दो जुल्दो तत्तकालिन चर्चामा रहेको हिन्दी चलचित्र “मेरा साया” को “बरेलीकी बजारमे झुम्का गिरा रे” भनि गाएको लोकप्रिय गीतको प्रभावले सुरु सुरुमा “झुम्का गिरा रे ” भनि सम्बोधन गरिने यस क्षेत्रको नामाकरण पछि गएर “झुम्का” रहन पुग्यो ।

 भौगोलिक स्थिती
प्रशासनिक विभाजन
    विकास क्षेत्र     ः पुर्वाञ्चल
    अञ्चल        ः कोशी
    जिल्ला         ः सुनसरी
    वडा संख्या    ः १०
    निर्वाचन क्षेत्र     ः २  र ६
    ईलाका नं.     ः ९
 सिमाना
    पुर्व         ः इटहरी उप महानगर पालिका
    पश्चिम     ः महेन्द्र नगर र प्रकाशपुर गा.वि.स.
    उत्तर         ः बक्लौरी र भरौल गा.वि.स.
    दक्षिण        ः मधेशा, डुम्राहा र भोक्राहा गा.वि.स.
भौगोलिक अवस्थिती
    क्षेत्रफल        ः ४८.१ वर्ग कि.मि.
    खोलाहरु    ः सुनसरी, हक्राहा, दतकिच्चा, सेहरा, पिछडा, कजरा, अमहा र अन्य खोलाहरु
    उत्तरी अंक्षाश    ः २६०२७’ देखि  २६०२८’ 
    पुर्वी देशान्तर    ः ८७०३३’ देखि  ८७०३४’
    उचाई        ः समुन्द्री सतह वाट १८२ देखि १८५ मिटर उचाइमा रहेको छ ।
    बन क्षेत्र    ः१. रामधुनी संरक्षीत बन क्षेत्र ६११.२ हे.
२. कालीझौडा सामुदायिक बन क्षेत्र २३३.१ हे.
३. पुर्व उतर सामुदायिक बन क्षेत्र २९५.९ हे.
४. ईक्राही सामुदायिक वन क्षेत्र ६२.६६ हे.
५. रामधुनी मन्दिर क्षेत्र २१.२ हे
६. दुर्गापरी सामुदायिक बन ६.१ हे. 
७. डंग्राहि पोखरी कृषी बन बाटिका २ हे.
८. निजि बन क्षेत्र (अनुमानित) १०१ हे.
कुल जम्मा १३३३.१६ हेक्टर   
तापक्रम तथा हावापानी
    अधिकतम         ः३८ )से.
    न्यूनतम            ः१६ )से.
    बर्षा            ः औषत बार्षिक ११०० मि.लि.
    हावापानी        ः समशीतोष्ण
१.६ घरधुरी तथा जनसंख्या
घर धुरी संख्या    ६३४७ जनसंख्या    जम्पुमा २८५४९ पुरुष १३३०५    महिला १५२४४

 साक्षरता प्रतिशत
    कुल साक्षर दर ९१.६७    %    महिला ः ८३.७२%     पुरुष ९४.३१%, वाल ९९.८३%
स्वास्थ्य सुविधा
    अस्पताल    ः २    उप स्वास्थ्य चौकी    ः २,     स्वास्थ्य केन्द्र १,     गाउँघर क्लिनिक  ५,    मेडिकलहल    १५,     परिवार नियोजन स्वास्थ्य केन्द्र १,    एम्वुलेन्स ४
भु–उपयोग
    आवास क्षेत्र        ः ११.४५ वर्ग कि.मि.
    कृषी क्षेत्र        ः १२.०५ वर्ग कि.मि.
    खुल्ला क्षेत्र        ः ८.४४ वर्ग कि.मि.
    बन क्षेत्र        ः ९.१६वर्ग कि.मि.
सास्कृती तथा पर्यटन
    क) प्रयटकिय क्षेत्र
यस नगरपालिकामा व्यवस्थित रुपमा बनाउन प्रस्ताव गरिएको पार्क निम्नानुसारका रहेका छन् ।
१. रामधुनी मन्दिर क्षेत्रमा ( रामधुनी पार्क, बनभोज स्थल, ध्यान केन्द्र, प्रशिक्षण केन्द्र आदि ) ।
२. कालीझौडा सामुदायिक बन क्षेत्रमा ( झैडा पार्क, बनभोज स्थल, प्रशिक्षण केन्द्र खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन आदि ) 
३. पुर्व उतर सामुदायिक बन क्षेत्र ( पुव उत्तर पार्क, बनभोज स्थल, प्रशिक्षण केन्द्र, बायो व्रिकेट उत्पादन केन्द्र, फोहर मैला व्यवस्थापन केन्द्र, नर्सरी व्यवस्थापन केन्द्र संचालन आदि )
४. ईक्राही सामुदायिक वन क्षेत्रको ( सिक्दार माझि  पार्क चिडिया खाना )
५. डंग्राहि पोखरी कृषी बन बाटिकामा वालमैत्री उधान  र पार्क
६. सुनसरी मोरङ्ग सिचाईको मुल नहरमा बजार क्षेत्र भरि पार्कको रुपमा विकास गर्ने ।
७. वा.नं. ४ शिवनगर गाउँ लाई आदिवासि गाउँ तथा घरवास प्रयटन केन्द्र निर्माण 

ख) महत्वपुर्ण मठ मन्दिर
य    रामधुनी मन्दिर,  वा.नं. १० रामधुनी
य    दरवार मन्दिर,  वा.नं. १० रामधुनी
य    लङ्गोट मन्दिर, वा.नं. १० रामधुनी
य    रामजानकी मन्दिर, वा.नं. ४ शिवनगर
य    झुम्केश्वर मन्दिर, वा.नं. ५ झुम्का बजार
य    राधाकृष्ण मन्दिर, वा.नं. ४ शिवनगर
य     हनुमान मन्दिर,  वा.नं. २ झुम्का मन्दिर 
य    शिव मन्दिर,  वा.नं. ३ पिप्राहा र परियारपुर
य    ग्रामथान मन्दिर सवै वार्डको थारु गाउँ टोलमा 
य    दिनाभद्री मन्दिर आदि । 

ग) जात्रा एवं चाड पर्वहरु
    वडा दशै, 
    तिहार(शुख राईत),
     होली, 
    माघे संक्राती,
     बहर जात्रा, 
    एकादशी पर्व,
     समाचकेवा,
     रैव पर्व, 
    जटाजाटिन, 
    कोशी पुजा,
     ईद, वक्रीद, 
    लोहसार आदि ।
    वाला चतुरदशी
    रामनमवी